तनहुँमा सवारी दुर्घटना हुँदा एक को मृत्यु

Share:

तनहुँ । तनहुँको भानु नगरपालिका १ अधेँरीखोला स्थित डुम्रे बेशिसहर सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आज (शनिबार) दिउँसो करिव १ बजे भन्सारबाट पुर्कोट तर्फ जाँदै गरेको ग १ त ५५०२ नं को ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार युवकको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए।

रेग्मीकाअनुसार ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका भानु नगरपालिका १ भन्सारका १८ बर्षीय नबिन परियारलाई उपचारको लागि लक्ष्मी अस्पताल डुम्रे ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइ घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: