थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९१ पुग्यो

Share:

काठमाडौँ । नेपालमा थप १० जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान सार्वजनिक गरेको तथ्यांक अनुसार रौतहटमा थप १० जनामा संक्रमण पुष्टि भएको हो।

रौतहट राजपुर नगरपालिका फरहदा–९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी रौतहटकै इशनाथ नगरपालिका ३ र ५ नम्बर वडाका २८, ३० र ३३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको हो ।

उनीहरुको कोरोना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको थियो । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१ जना पुगेको छ। यस्तै शनिबार नेपालमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको थियो ।

 

कमेन्ट गर्नुहोस्
Share: