लकडाउन बढाउने निर्णय गर्न मन्त्रिपरिषद बैठक आज बस्दै

525
0
Share:

काठमाडौँ । मन्त्रिपरिषदको बैठक आइतबार (आज) बस्दैछ । आज साँझ ५ बजे बस्ने बैठकमा जारी लकडाउनको समयावधि थप्ने बारे निर्णय गरिने बताइएको छ ।

साँझ बस्ने मन्त्रिपरिषद बैठकले १० देखि १५ दिनसम्म लकडाउन अवधि बढाउने जनाइएको छ।

पछिल्लो समय संक्रमित संख्या बढ्दै गएको र उपत्यका तथा आसपासका जिल्लामा समेत संक्रमित देखिएपछि लकडाउनलाई थप कडाईका साथ अवधि बढाउने तयारीमा सरकार लागेको छ।

सरकारले पहिलो पटक चैत ११ गते लकडाउन गर्ने निर्णय गरेको थियो। त्यसपछि पटक पटक थपिएको लकडाउनको समय (भोलि) जेठ ५ गते सकिँदै छ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या २९१ जना पुगेको छ । संक्रमित मध्ये ३६ जना निको भएर घर फर्किएका छन् भने एक संक्रमितको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: