विश्वमा कोरोना संक्रमित संख्या ४७ लाख २० हजार नाघ्यो, सर्वाधिक संक्रमण देखिएका देशको सूचीमा भारत ११औं स्थानमा

Share:

काठमाडौँ । कोरोना (कोभिड–१९)बाट विश्वभर अहिलेसम्म ४७ लाख २० हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो तथ्याङ्कअनुसार विश्वभर ३ लाख १३ हजार २२० जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ भने १८ लाख ११ हजार ६७४ संक्रमित उपचार पछि निको भएका छन् ।

कोरोनाबाट सबैभन्दा धेरै अमेरिकामा १४ लाख ६६ हजार ६ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ मृत्यु हुनेको संख्या पनि सबैभन्दा धेरै ८८ हजार ७ सय ३० जनाको मृत्यु भइसकेको छ। अमेरिका पछि सबैभन्दा धेरै संक्रमितको संख्या रुसमा २ लाख ७२ हजार ४३ जना रहेका छन् ।

यस्तै बेलायतमा २ लाख ४१ हजार ४ सय ६१ संक्रमित छन् भने त्यहाँ ३४ हजार ५ सय ४६ को मृत्यु भैसकेको छ । ब्राजिलमा २ लाख ३३ हजार १ सय ४२ संक्रमित छन् भने त्यहाँ १५ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ।

स्पेनमा २ लाख ३० हजार ६ सय ९८ संक्रमित छन् भने त्यहाँ २७ हजार ५ सय ६३ को मृत्यु भएको छ । इटालीमा २ लाख २४ हजार ७ सय ६० जना कोरोना संक्रमित पुग्दा ३१ हजार ७ सय ६३ को मृत्यु भैसकेको छ।

सर्वाधिक संक्रमण देखिएका देशको सूचीमा भारत ११औं स्थानमा

यसैबीच छिमेकी देश भारत सर्वाधिक संक्रमण देखिएका देशको सूचीमा ११औं स्थानमा परेको छ। भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ९० हजार ६ सय ४८ पुगेको छ।

सूचीमा सबैभन्दा माथि अमेरिका छ । अमेरिकापछि क्रमशः रुस, बेलायत, ब्राजिल, स्पेन, इटाली, फ्रान्स, जर्मनी, टर्की, इरान तथा भारत छ।

यस्तै सर्वाधिक मृत्यु हुनेको देशको सूचीमा भने भारत १६औं स्थानमा छ। त्यहाँ मृत्यु हुनेको संख्या २ हजार ८ सय ७१ पुगेको छ।

कमेन्ट गर्नुहोस्
Share: