
नवलपरासी । नवलपरासी (पूर्व)मा आइतबार एम्बुलेन्स दुर्घटना हुँदा चालक घाइते भएका छन् ।
आइतबार विहान ८ बजे गैडाकोट नगरपालिका–४ काङ्ग्रेसचोक स्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु१च ४१४० नम्बरको एम्बुलेन्स आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा चालक कावासोती नगरपालिका–८ बस्ने वर्ष ४४ को कमल प्रसाद चापागाई घाईते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए ।
घाईते चापागाईको अवस्था मध्यम रहेको र उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको बताइएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
