
स्याङ्जा । स्याङ्जामा आइतबार घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । गल्याङ नगरपालिका–४ बस्ने वर्ष ६१ की उतिसरा थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक थापा घरदेखि अन्दाजी १ कि.मि टाढा आफ्नै खरबारीमा घाँस काट्ने क्रममा आज विहान करिब ५ बजे भिरबाट लडेर मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए ।
घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
