नेपालमा थप ९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ३०० नाघ्यो

Share:

काठमाडौँ । नेपालमा थप नौ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। आज (सोमबार) विहान देखिएका संक्रमित रौतहट र बाराका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा संक्रमितको संख्या ३०४ पुगेको छ। अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भैसकेको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: