विश्वभर कोरोनाबाट ४८ लाख बढी संक्रमित, ३ लाख १६ हजारको मृत्यु

Share:

काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या ४८ लाख १ हजार ८ सय ७५ पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांकअनुसार विश्वमा मृत्यु हुनेको संख्या ३ लाख १६ हजार ६ सय ७१ पुगेको छ भने १८ लाख ५८ हजार १७० जना संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा ८९ हजार ५ सय ५० पुगेको छ। त्यहाँ संक्रमितको संख्या पनि सबैभन्दा धेरै १४ लाख ८६ हजार ३ सय ७६ पुगेको छ । अमेरिकापछि सबैभन्दा धेरै संक्रमितको संख्या रुसमा २ लाख ८१ हजार ७ सय ५२ पुगेको छ ।

यस्तै, बेलायतमा संक्रमित संख्या २ लाख ४४ हजार ९ सय ९५ पुगेको छ भने ३४ हजार ७ सय १६ को मृत्यु भएको छ । ब्राजिलमा संक्रमित संख्या २ लाख ४१ हजार ८० पुग्दा त्यहाँ १६ हजार १ सय १८ को मृत्यु भएको छ।

स्पेनमा संक्रमित संख्या २ लाख ३० हजार ६ सय ९८ पुगेको छ भने त्यहाँ २७ हजार ५ सय ६३ जनाको मृत्यु भएको छ । इटालीमा २ लाख २५ हजार ४ सय ३५ जनामा संक्रमण पुष्टि भएकामा ३१ हजार ९ सय ८ जनाको मृत्यु भैसकेको छ ।

यता छिमेकी देश भारतमा ९५ हजार ६ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ मृत्यु हुनेको संख्या ३ हजार २५ पुगेको छ।

कमेन्ट गर्नुहोस्
Share: