
काठमाडौँ । आज (सोमबार) बारामा कोरोना संक्रमण पुष्टि भएका व्यक्ति पत्रकार भएको खुलेको छ ।
सोमबार विहान स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको उल्लेख छ ।
बाराको करैयामाई ५ निवासी ३८ वर्षिय पुरुष पत्रकार रहेको स्रोतले बताएको छ ।
यसअघि पर्सामा सक्रिय २, उदयपुरमा १ र जनकपुरमा १ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै कुल कोरोना संक्रमित पत्रकारको संख्या ५ पुगेको छ । संक्रमित पत्रकारहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ। यस्तै संक्रमिणत दुई जनाको मृत्यु भैसकेको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।
कमेन्ट गर्नुहोस्
