कोरोनाका कारण मृत्यु भएकी महिलाको शिशुसहित परिवारकै रिपोर्ट नेगेटिभ

Share:

काठमाडौँ । कोरोना संक्रमणका कारण मृत्यु भएकी महिलाको नवजात शिशु र श्रीमानसहित परिवारकै कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरेको परीक्षणमा नवजात शिशु, महिलाका श्रीमानसहित परिवारका पाँच सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको धुलिखेल अस्पतालले जनाएको छ ।

यस्तै कोरोना संक्रमणका कारण मृत्यु भएकी महिलाको सम्पर्कमा आएका टोखा नगरपालिकाका २४ जनाको कोरोना संक्रमण परीक्षण गरिएको बताइएको छ ।

ती महिलाको परिवार डेरा गरी बस्ने घरका घरबेटी, सँगै भाडामा बस्ने अन्य बासिन्दा, सामान किनमेल गर्ने पसल सञ्चालक र राहत वितरण गर्ने तीन जनप्रतिनिधिको कोरोना परीक्षण गरिएको हो । उनीहरूको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा पठाइएको छ ।

वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा छोरा जन्माएकी महिला त्यसपछि सिन्धुपाल्चोकस्थित घर गएकी थिइन् । त्यसपछि स्वास्थ्यमा समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्था हुँदै उपचारका लागि धुलिखेल ल्याइएकोमा बिहीबार उनको मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: