नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुग्यो

Share:

काठमाडौँ । आज (सोमबार) एकैपटक ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा संक्रमितको संख्या ३५७ पुगेको छ ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेमा मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये ४६ जना पुरुष र एक महिला छन् ।

त्यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १/१ जना गरी ६ जनामा पनि सोमबार नै कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका बताइएको छ ।

यसअघि सोमबार बिहानै ९ जनामा संक्रमण देखिएको थियो।

अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भैसकेको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: