नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

Share:

काठमाडौँ । नेपालमा कोरोना (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ।

रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको सघन कक्षको भेन्टिलेटरमा उपचाररत पुरुषको बिहीबार बिहान मृत्यु भएको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले सूचना जारी गरी जानकारी दिएको छ ।

मृतक गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षीय शिक्षक भएको बताइएको छ । जेठ १ गते क्रिमसन अस्पतालमा उपचार गराउन आएका ती व्यक्तिमा सोमबार कोरोना पुष्टि भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: