विश्वभर कोरोनाबाट ५१ लाख ९४ हजार संक्रमित, ३ लाख ३४ हजारको मृत्यु

Share:

काठमाडौँ । विश्वभर कोरोना संक्रमितको संख्या ५१ लाख ९४ हजार १०५ पुगेको छ। पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ३४ हजार ६१६ पुगेको छ भने २० लाख ८० हजार ९२३ जना संक्रमणमुक्त भएका छन् ।

कोरोनाबाट अहिलेसम्म सबैभन्दा धेरै मानिको मृत्यु अमेरिकामा भएको छ । त्यहाँ ९४ हजार ६ सय ६१ जनाको मृत्यु भइसकेको छ। संक्रमितको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ । त्यहाँ १५ लाख ७६ हजार ५ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ। अमेरिका पछि सबैभन्दा धेरै रुसमा ३ लाख १७ हजार ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै ब्राजिलमा ३ लाख १० हजार ८७ संक्रमित रहेकामा २० हजार ४७ जनाको मृत्यु भैसकेको छ। बेलायतमा २ लाख ५२ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ भने त्यहाँ ३६ हजार १ सय २४ को मृत्यु भैसकेको छ । स्पेनमा २ लाख ३३ हजार ३७ जना संक्रमित छन् भने त्यहाँ २७ हजार ९ सय ४० को मृत्यु भएको छ ।

त्यस्तै इटालीमा संक्रमितको संख्या २ लाख २८ हजार ६ पुग्दा त्यहाँ ३२ हजार ४ सय ८६ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ८१ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ भने त्यहाँ २८ हजार २ सय १८ जनाको मृत्यु भएको छ ।

यता छिमेकी देश भारतमा १ लाख १८ हजार २ सय २६ जनामा संक्रमण पुष्टि भएको छ भने त्यहाँ मृत्यु हुनेको संख्या ३ हजार ५ सय ८४ पुगेको छ।

कमेन्ट गर्नुहोस्
Share: