
पोखरा । आज (शुक्रबार) देशका केही स्थानमा बदली सँगै पनी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बंगलादेश आसपास रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण बदली सँगै पानी पर्ने सम्भावना रहेको बताइएको छ ।
दिउँसो पूर्वी भूभाग सामान्य तथा मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही पूर्वी भूभागका थोरै स्थानहरु र मध्य तथा पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ् तथा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
यस्तै राति पनि पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
