
काठमाडौँ । नेपालमा थप ३६ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका अनुसार बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बाँकेका संक्रमित सबै नरैनापुर गाउँपालिका हुन् । बैतडीको शिवनाथ गाउँपालिकामा, बर्दियाको बढैयाताल गाउँपालिकामा १ जना, झापाको झापा गाउँपालिकामा १ जना संक्रमित भेटिएका हुन् ।
यसअघि शनिबार बिहान मात्रै ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
हालसम्म नेपालमा संक्रमण पुष्टि भएकामध्ये ७० जना संक्रमणमुक्त भएका छन् भने ३ जना संक्रमितको भने मृत्यु भइसकेको छ।
कमेन्ट गर्नुहोस्
