तनहुँमा एक युवक मृत फेला

Share:

तनहुँ । तनहुँमा आज (शनिबार) एक युवक मृत अवस्थामा फेला परेका छन् ।

बिहान ११ः१५ बजे तनहुँ देवघाट गाउँपालिका–५ दासढुङगा स्थित त्रीशुली नदिको किनारमा बागलुङ बरेङडाँडा–१ घर भइ गोरखा शहिद लखन गाउँपालिका –३ मा दिल बहादुर गुरुङको घरमा बस्दै आएका १९ वर्षीय कृष्ण बहादुर पुन मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनी गत बैशाख २६ गते मस्र्याङ्दी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको भनिएकोमा शनिबार मृत भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए ।

घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: