पोखरामा पहिरोका कारण एक घर भत्कियो

Share:

पोखरा । पोखरामा पहिरोका कारण एक घर भत्किएको छ ।

गतराति परेको अविरल वर्षाको कारण पोखरा महानगरपालिका –२८ बेतनीका बिर्ख बहादुर गुरुङको ढुङगा माटोले बनेको २ तले घर भत्किएको प्रहरीले जनाएको छ ।

घरमाथि खनेको नयाँ मोटर बाटोबाट मध्यरातमा पहिरो जाँदा गुरुङको घर पूर्ण रुपमा क्षति भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए ।

घटनामा मानवीय तथा चौपाय क्षति भने नभएको प्रहरीले जनाएको छ । तर घरमा रहेका फर्निचर, लत्ताकपडा, अन्नपात, भाँडावर्तन जस्ता सम्पूर्ण सामग्री भने पहिरोले पुरिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: