पोखरामा एक व्यक्तिको शव पानीमा तैरीएको अवस्थामा फेला

Share:

पोखरा । पोखरामा बिहीबार एक व्यक्तिको शव पानीमा तैरीएको अवस्थामा फेला परेको छ ।

बिहीबार विहान करिब ६ बजे पोखरा महानगरपालिका वडा नं १३ स्थित दुईकुलाको मुहान स्थित ड्याममा शव फेला परेको प्रहरीले जनाएको छ ।

हालसम्म नाम, थर र वतन नखुलेको अन्दाजी ४५ वर्षका पुरुषको शव पानीमा तैरिएको अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए ।

घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: