
पोखरा । शालिजा मण्डली सम्पर्क समाज, पोखरा, कास्कीको समन्वयमा पर्वत जलजला–६ (तारे) का मृगौला पिडित गोरे बहादुर पुनलाई आर्थिक सहयोग गरेको छ ।
मृगौला तथा मुटुमा विशेष समस्या भएका पुनलाई आज (शुक्रबार) पोखरामा एक कार्यक्रमका बिच समाजका सहयोगी दता र यु.केमा रहेका नेपाली सहयोगी दताहरुबाट संकलन गरिएको सहयोग रकम हस्तान्तरण गरिएको हो ।
समाजका तर्फबाट अध्यक्ष दल बहादुर गर्बुजाले ९० हजार २ सय ५० रुपैँया हस्तान्तरण गरेका हुन् । समाजका १११ जना दाताहरुबाट संकलित रकम हस्तान्तरण गरेको अध्यक्ष गर्बुजाले बताए ।
उनले समाजको सानो सहयोगले पुनको उपचारमा विशेष टेवा पु-याउने विश्वास व्यक्त गरे । साथै उनले व्यक्तिगत र समाजको तर्फबाट पुनलाई सु–स्वस्थ्य लाभको कामना समेत व्यक्त गरेका थिए ।
यसैबिच यु.केमा रहेका ९६ जना नेपाली सहयोगी दताहरुबाट उठेको २ हजार ८ सय ५० पाउण्ड (नेपाली रुपैँया ४ लाख २१ हजार ८००) सहयोग रकम पनि हस्तान्तरण गरिएको छ ।
पर्वत शालिजा घर भई हाल यु.केमा रहेका गंगाबहादुर खोर्जाको संयोजकत्वमा संकलन गरिएको उक्त रकम यु.केको प्रतिनिधित्व गर्दै नेपालमा रहेका तिर्थ बहादुर चोचाङ्गी र आशा कुमारी पुर्जाले हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा उपस्थित अन्य व्यक्तिहरुले व्यक्तिगत रुपमा सहयोग गरेका ११ हजार रुपैँया पनि हस्तान्तरण गरिएको थियो ।
लामो समयदेखि बिरामी भएका पुन पोखरा स्थित मणिपाल शिक्षण हस्पिटलमा उपचाररत छन् । उनले आफ्नो उपचारका लागि सहयोग गरेकोमा सम्पुर्ण सहयोगी दाताहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।


