
काठमाडौँ । नेपालमा कोरोना (कोभिड–१९) संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । यस सँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ।
बिहीबार राती मृत्यु भएका अर्घाखाँचीका ३५ वर्षीय पुरुषको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका हुन्।
उनी भारतबाट आएका थिए ।
कमेन्ट गर्नुहोस्
