नेपालमा थप १७० जनामा कोरोना संक्रमण पुष्टि

Share:

काठमाडौँ । नेपालमा आज (शुक्रबार) थप १७० जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन्।

नयाँ संक्रमित मध्ये १६५ पुरुष र ५ जना महिला रहेका छन् ।

कोसी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै झापाका हुन् । धरानस्थित प्रयोगशालामा गरिएको परिक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सप्तरीका ४ जना र झापाका १ जना रहेका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये बाराका ४ जना पर्साका ५ जना रहेका छन् । पाटन अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा सर्लाहीका १ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा म्याग्दीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै बाँकेका हुन् । भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये कपिलबस्तुको ४ जना, नवलपसी बर्दघाटसुस्ता पूर्वका २ जना रहेका छन् ।

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणम ८४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु मध्ये कपिलवस्तुका २३ जना, रौतहटका ५६ जना, सर्लाहीका ४ रहेका छन् । रुपन्देहीको प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा १६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु मध्ये कपिलवस्तुका १५ जना, रुपन्देहीका १ जना रहेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालामा गरिएको परिक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये दाङका २ जना, कपिलवस्तु ९ जना रहेका छन् ।

योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ हजार २ सय १२ पुगेको छ। यस्तै विगत २४ घण्टामा १९ जना कोरोना जितेर घर फर्किएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २०६ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: