
लेखनाथ । रक्तदान जिवन दान, जिवन दान महादान भन्ने मुल नाराका साथ सुक्रवार लेखनाथ सामुदायिक सेवा केन्द्र एवंम सामुदायिक प्रहरी सेवा र लायन्स क्लव अफ पोखरा लेखनाथ सिटीको आयोजनामा भएको आकस्मीक रत्तदानमा ७७ युनिट रगत संकलन भएको छ ।
पहिलो रक्तदाता सेवा केन्द्रका सल्लाकार टिकाराम पंगेनीलाई ब्लड ब्याग हस्ताान्त्रण गर्दै ईलाका प्रशासन कार्यालय खुदीका प्रमुख चित्राङगत बरालले स्वच्छ मानिसले प्रत्येक तीन तीन महिनामा रगत दिदा अझ बढि स्वच्छ र निरोगी हुने बताउदै सेवा भावले गरिने जुन सुकै कामले पनि समाजमा सकरात्मक सन्देश दिने बिचार राखेका थिए ।
सेवा केन्द्रका अध्यक्ष रमेश ओझाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २७ का पुर्णकुमार गुरुङ, लायन्स क्लव ३२५ वी १ नेपालका भाइस गर्भनल विश्वशवर आचार्य,लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकाल,नेपाली काग्रेसका नेता राजेन्द्रमणि लामिछाने,सामुदायिक सेवा केन्द्र कास्कीका अध्यक्ष सोमनाथ बास्तोला,लेखनाथ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाका अध्यक्ष विष्णु प्रसाद बराल लगाएतले रक्तदानको महत्व र उपयोगीताका बारेमा जानकारी गराएका थिए ।
सेवा केन्द्रका उपाध्यक्ष एल पी ढुगानाले कार्यक्रमको उदेश्यका वारेमा जानकारी गराएको उक्त कार्यक्रमको संचालन सचिव त्रिलोचन लामिछानेले गरेका थिए ।
