विश्वमा कोरोना संक्रमितको संख्या ६१ लाख ५६ हजार नाघ्यो, ३ लाख ७० हजार बढीको मृत्यु

Share:

काठमाडौँ । विश्वमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ६१ लाख ५६ हजार ९ सय १४ पुगेको छ। यस्तै विश्वमा मृत्यु हुनेको संख्या ३ लाख ७० हजार ९१८ पुगेकोे छ भने २७ लाख ३७ हजार ३९ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।

सबैभन्दा धेरै प्रभावित अमेरिकामा १८ लाख १६ हजार ८ सय २० जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ मृत्यु हुनेको संख्या एक लाख ५ हजार ५ सय ५७ पुगेको छ।

त्यस्तै, ब्राजिलमा संक्रमित संख्या ४ लाख ९८ हजार ४ सय ४० पुगेको छ भने २८ हजार ८ सय ३४ जनाको मृत्यु भइसकेको छ। ब्राजिलपछि रुसमा संक्रमित संख्या ३ लाख ९६ हजार ५ सय ७५ पुगेको छ । बेलायतमा २ लाख ७४ हजार २ सय १९ संक्रमित पुग्दा ३८ हजार ३ सय ७ को मृत्यु भैसकेको छ । इटालीमा २ लाख ३२ हजार ६ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ भने त्यहाँ ३३ हजार ३ सय ४०जनाको मृत्यु भइसकेको छ।

यता छिमेकी देश भारतमा संक्रमित संख्या एक लाख ८१ हजार ८ सय २७ पुगेको छ भने त्यहाँ पाँच हजार १ सय ८५ को संक्रमणबाट मृत्यु भइसकेको छ ।

कमेन्ट गर्नुहोस्
Share: