गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्याङ्जाको गल्याङ नगरपालिकामा २७ र ४० वर्षका २ जना र तनहुँको रिसिङ गाउँपालिकामा २८ वर्षका एक पुरूषमा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

संक्रमितहरुलाई अहिले सम्बन्धित जिल्ला अस्पताल लैजाने तयारी भइरहेको जनाइएको छ । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ ।

गण्डकी प्रदेशमा अहिलेसम्म बागलुङका ८ जना , स्याङ्जाका ७ जनाा, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ६ जना, लमजुङका १ जना, म्याग्दीका १ जना र तनहुँका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसमध्ये बागलुङका २ जना र लमजुङका एक जना संक्रमणमुक्त भइ डिस्चार्ज भइसकेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: