संसदमा पेश गरियो संविधान संशोधन विधेयक

732
0
Share:

काठमाडौँ । संसदमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेश भएको छ । आइतबारको बसेको संसद बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन प्रस्ताव पेश गरेकी हुन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा संविधान संशोधन विधेयक पेस गर्न अनुमति माग्ने प्रस्ताव निर्विरोध पारित भएपछि मन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक पेश गरेकी हुन् । कुनै पनि सांसदले उक्त प्रस्तावमा विरोधको सूचना राखेनन् ।

लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची–३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो ।

जेठ १४ गते नै संसद बैठकको कार्यसूचीमा संविधान संशोधन प्रस्ताव पेश गर्ने उल्लेख भएपनि पछि हटाइएको थियो ।

नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको थियो । यसमा पहिलो संशोधन २०७२ सालकै असोज १० गते भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: