साउथ इष्ट रिजनल तमु धिं युकेद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सेनिटाइजर र मास्क सहयोग

Share:

पोखरा । तमु धिं युकेले युकेमा रहेका तमु लगायत नेपालीहरुलाई संक्रमणबाट सुरक्षितका लागि विभिन्न जागरण र सहयोग गरिरहेको छ। त्यसै तमु धिं युकेका विभिन्न क्षेत्रीय इकाईहरु मध्ये एक क्रियाशील साउथ इष्ट रिजनल तमु धि युके पनि जुटेको छ।

विरामीको उपचार गर्ने, उपचारमा खटिने, संक्रमितलाई उपचार गर्नुपर्ने चिकित्सक, नर्स एवं सहयोगीहरु सुरक्षित रहनुपर्दछ भनि साउथ इष्ट रिजनल तमु धिं युकेले आज फ्रन्टलाईनरमा रहने चिकित्सक, नर्स एव स्वास्थ्य सहयोगीको सुरक्षाका लागि सेनिटाइजर र मास्क सहयोग हस्तान्तरण गरेको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.अर्जुन आचार्य र डिन डा.नरेन्द्र विक्रम गुरुङलाई साउथ इष्ट रिजनल तमु धिं युकेका उपाध्यक्ष पार्वती गुरुङ, कार्यसमिति सदस्य धनज्योति गुरुङ, हरिकाशी गुरुङ, धर्मवती गुरुङ र धनु घलेले १ लाख बराबरको सेनिटाइजर र मास्क सहयोग हस्तान्तरण गरेका हुन् । साउथ इष्ट रिजनल तमु धिं युकेका उपाध्यक्ष पार्वती गुरुङ लगायत उपस्थित दिदिबहिनीहरु लकडाउनका कारण नेपालमै रहेका छन्।

राहत ग्रहण गर्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.अर्जुन आचार्यले कोरोनाले अत्यन्तै प्रभावित पारेको मुलुक युकेदेखि साउथ इष्ट रिजनल तमु धिंले चिकित्सक, स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि सामग्री उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरेका थिए। उनले सहयोगदाता साउथ इष्ट रिजनल तमु धिंलाई धन्यवाद पत्र प्रदान गर्दै उनले भने, राज्यको तर्फबाट सुरक्षाका लागि आवाश्यक सम्पुर्ण सामग्री प्राप्त नभई रहेको अवस्थामा हाम्रा लागि विदेशमा रहेर चिन्ता गर्ने तमु धिं र यसका सदस्यहरुप्रति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान सधै आभारी रहने छौं।

प्रतिष्ठानका डिन, वरिष्ठ सर्जन डा. नरेन्द्र बिक्रम गुरुङले चिकित्सक र स्वास्थ्यकर्मीलाई सुरक्षाका लागि अधिक चाहिने स्वास्थ्य सामग्री प्रदान गरेर साउथ इष्ट रिजनल तमु धि युकेले ठुलो सहयोग गरेको बताए।

राहत प्रदान गर्दै साउथ इष्ट रिजनल तमु धिं युकेकी उपाध्यक्ष पार्वती गुरुङले भनिन्, संस्था स्थापना, संस्थाले गर्दै आएको गतिविधी, संस्थाका नेतृत्वको दुरदर्शी योजना, कार्यक्रमका बारेमा जानकारी दिंदै महामारीको बेला संक्रमितको उपचारमा जुट्ने चिकित्सक स्वास्थ्यकर्मी पुर्ण सुरक्षित रहनुपर्दछ भन्दै साउथ इष्ट रिजनल तमु धिंले सहयोग हस्तान्तरण मात्रै होइन सकरात्मक सन्देश पनि दिएका हौँ ।

लकडाउनका कारण नेपालमै रहेकी सााउथ इष्ट रिजनल तमु धिं युकेका उपाध्यक्ष पार्वती गुरुङ, कार्यसमिति सदस्य धनज्योति गुरुङ, हरिकाशी गुरुङ, धर्मवती गुरुङ र धनु घलेले स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर, नर्स र सहयोगीहरुका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गर्न पाउदा संक्रमणको बेला संस्थाले सामाजिक उत्तरदायित्व बहन गरेको महसुस भएको बताए।

कमेन्ट गर्नुहोस्
Share: