
काठमाडौं । नेपालमा आज (आइतबार) थप २२६ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन्।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको छ । जसमध्य १ हजार ६ सय ६७ जना पुरुष र १३१ महिला छन् ।
पछिल्लो २४ घण्टामा झापाका २ जना, नवलपरासीका ३ जना, दैलेखका ४० जना, सादुका १ जना, जुम्लाका १९, सल्यानका १० जना, सुर्खेतका ५ जना, कपिलवस्तुका ४० जना, रौतहटका १८ जना, बाँकेका ७ जना, दाङका ९ जना, धनुषाका ७ जना, महोत्तरीका २ जना, मकवानपुरका १ जना, सर्लाहीका ३८ जना, सिराहाका ५ जना, उदयपुरका १ जना, अछामका १ जना, कैलालीका १४ जना, बैतडीका १ जना डोटीका १ जना र कञ्जनपुरका १ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा डोडी जिल्ला थप भइ हालसम्म नेपालमा ५९ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ ।
अहिलेसम्म नेपालमा कोरोना संक्रमण भएका २ सय २१ जना उपचारपछि निको भएर घर फर्किएका छन्।
यस्तै नेपालमा कोरोना संक्रमणका कारण ८ जनाको भने मृत्यु भइसहेको छ।
