प्रदेश प्रमुख शेरचनलाई गण्डकी प्रदेशसभाको धन्यवादपत्र

Share:

पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई गण्डकी प्रदेशसभाले धन्यवाद दिएको छ । आइतबार प्रदेश प्रमुख शेरचनले गण्डकी प्रदेश सरकारको तर्फबाट आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेका थिए ।

गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले सोमबार बिहान प्रदेश प्रमुख निवासमा पुगी प्रदेश प्रमुख शेरचनलाई प्रदेशसभाको तर्फबाट धन्यवादपत्र हस्तान्तरण गरे । सो अवसरमा उपसभामुख सिर्जना शर्मा समेत सहभागी भएकी थिइन् ।

यसअघि, गण्डकी प्रदेशसभाको जारी छैठौं अधिवेशन अन्तर्गतको आइतबार सम्पन्न नवौं बैठकले गण्डकी प्रदेश प्रमुख शेरचनलाई धन्यवाद दिँदै धन्यवाद प्रस्ताव पारित गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्
Share: