आज तुलसीको बिउ राखी निर्जला एकादशी मनाइँदै

Share:

पोखरा । आज वैदिक सनातन धर्मावलम्बीले घरघरमा तुलसीको दल (बिउ) राखी निर्जला एकादशी पर्व मनाउँदै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल राख्ने गरिन्छ ।

मंगलबार दल राखिएको तुलसी एक महिनापछि अर्थात आषाढ शुक्ल एकादशीका दिन मोठमा रोपिन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान विष्णुको प्रतीकका रुपमा तुलसीको पूजा आराधना गरिन्छ ।

तुलसी औषधीय गुणले युक्त विरुवाको रुपमा चिनिन्छ । पेटका रोगहरुमा, खोकी, उच्च रक्तचाप र मानसिक तनाव, दाँत दुखेमा, चर्मरोग आदि रोगको उपचारमा तुलसीको प्रयोग गरिएको पाइन्छ ।

तुलसीको रुखले हावाको प्रदुषण घटाई हानिकारक कीरालाई भगाउँछ । तुलसीको सुकेको हाँगालाई कोठामा राख्नु पनि स्वस्थकर हुने विज्ञहरुले बताउँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: