विश्वमा कोरोनाबाट ६३ लाख ६६ हजार संक्रमित, ३ लाख ७७ हजारको मृत्यु

Share:

काठमाडौँ । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या ६३ लाख ६६ हजार १९७ पुगेको छ । यस्तै विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार ४३७ पुगेको छ भने २९ लाख ३ हजार ६०५ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।

मंगलबार विहानसम्मको तथ्याङ्कअनुसार सबैभन्दा धेरै अमेरिकामा १८ लाख ९ हजार १ सय ९संक्रमण पुष्टि भएको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ १ लाख ५ हजार ९९ जनाको मृत्यु भएको छ।

यस्तै ब्राजिलमा संक्रमित संख्या ५ लाख २६ हजार ४ सय ४७ पुगेको छ । त्यहाँ २९ हजार ९ सय ३७ जनाको मृत्यु भइसकेको छ। रुसमा ४ लाख १४ हजार ३ सय २८ जनामा संक्रमण पुष्टि भएको छ भने मृत्यु हुनेको संख्या ४ हजार ८१५ पुगेको छ।

बेलायतमा संक्रमित संख्या २ लाख ७७ हजार ७ सय २७ पुगेको छ भने त्यहाँ ३९ हजार १ सय २७ जनाको संक्रमण पछि मृत्यु भएको छ । स्पेनमा संक्रमित संख्या २ लाख ३९ हजार ६ सय ३८ पुगेको छ । त्यहाँ २७ हजार १ सय २७ जनाको संक्रमणबाट मृत्यु भएको छ । इटालीमा २ लाख ३३ हजार १ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ भने ३३ हजार ४ सय ७५ जनाको मृत्यु भइसकेको छ।

यता छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या १ लाख ९८ हजार ३ सय ७० पुगेको छ। त्यहाँ ५ हजार ६ सय ८ को संक्रमणपछि मृत्यु भएको छ।

कमेन्ट गर्नुहोस्
Share: