नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो, एकै दिन २८८ जनामा संक्रमण

Share:

काठमाडौँ । नेपालमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या २ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म २ हजार ९९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

पछिल्लो २४ घण्टामा थप २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ हजार ९९ पुगेको हो ।

मंगलबार रौतहटका ७४ जना, स्याङ्जाका ५ जना, पर्वतका ५ जना, सप्तरीका १ जना, बर्दियाका ३ जना, बाँकेका १७ जना, सुर्खेतका २७ जना, दैलेखका ९ जना, सल्यानका १८ जना, अछामका १० जना, बाराका १ जना, दाङका १७ जना, प्युठानका १ जना, कञ्चनपुरका ८ जना, कैलालीका १० जना, धनुषाका ६ जना, महोत्तरीका २ जना, सर्लाहीका २१ जना, सिराहाका १७ जना, भक्तपुरका १ जना, धादिङका १ जना, कपलिवस्तुका १६ जना, काठमाडौँका ४ जना, नवलपरासी पूर्वका १ जना, नवलपरासी पश्चिमका १ जना, नुवाकोटका २ जना, रुपन्देहीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा प्युठान र पर्वत जिल्ला थप भइ हालसम्म नेपालमा ६१ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४५ जना उपचार पछि निको भएका छन् । योसँगै निको भएर घर फर्किनेको संख्या २६६ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणका कारण ८ जनाको भने मृत्यु भइसहेको छ।

कमेन्ट गर्नुहोस्
Share: