
पोखरा । गण्डकी प्रदेश कास्की क्षेत्र नं. १ (१) सांसद दीपक कोइरालाले प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०७७ – ०७८को नीति तथा कार्यक्रममा विरोध गर्ने ठाउँ नभेटेको बताएका छन् ।
मंगलबार नीति तथा कार्यक्रम माथी आफ्नो भनाई राख्दै सांसद कोइरालाले प्रतिपक्षदलका सांसदले नीति तथा कार्यक्रमको विरोध गर्नुपर्ने जस्तो नभएको बताए । सत्तापक्षकाले समर्थन गर्नैपर्ने जस्तो पुरानो परम्परा लागेर आफु सत्तापक्षको सांसद भएपनि कतै विरोध गर्ने ठाउँ छकी भनेर नीति तथा कार्यक्रम धेरै पटक अध्ययन गर्दा पनि विरोध गर्ने ठाउँ नभेटेको जनाए । नीति तथा कार्यक्रम संविधान अनुरुपनै आएकोले समाजबाद उन्मुख रहेको उनको भनाई थियो ।
सरकारले हाल सम्म गरेको कामस्पष्ट रुपमा नीति तथा कार्यक्रममा राखेको र आगामी दिनमा के गर्ने भन्ने मार्ग स्पष्ट गरेर नीति तथा कार्यक्रम समेटेकोले नीति तथा कार्यक्रम सकारात्मक रहेको बताए।
सदनमा बोल्ने सत्तापक्षका सांसदहरुले नीति तथा कार्यक्रमको समर्थन गरेका थिए भने प्रतिपक्षदलका सांसदहरुले नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई समेटन नसकेको भन्दै विरोध गरेका थिए ।
सोमबार १८ जना सांसदहरुले छलफलमा भागलिनु भएकोमा मंगलबार १४ जना सांसदहरुले बोलेका थिए । सदनको अर्को बैठक जेठ २१ गते ११ बजे बस्नेगरि मंगलबार बसेको वैठक स्थिगित भएको छ ।

