
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोलखाका ७६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनी जेठ १३ गते ह्यामरेज स्ट्रोक भएपछि काठमाडौं मेडिकल कलेज भर्ना भएका थिए र उनको अपरेसन गरिएको थियो । अपरेसनपछि अवस्था गम्भीर भएर त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए। उनको टिचिङमा नै उपचारका क्रममा आज (बुधबार) मृत्यु भएको हो ।
उनको १५ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकामा रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन्।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ।
कमेन्ट गर्नुहोस्
