
काठमाडौँ । मंगलबार थप २०१ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । जसमध्य १८९ जना पुरुष र २२ जना महिला छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन्।
पछिल्लो २४ घण्टामा धनकुटाका १ जना, सप्तरीका १ जना, ताप्लेजुङका ३ जना, झापाका २ जना, पाँचथरका १ जनामा, सुनसरीका ८ जना, पर्साका ७ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै दैलेखका ७ जना, सल्यानका ३ जना, मोरङका २ जना, तेह्रथुमका १ जना, कैलालीका ३ जना, डोटीका २ जना, कपिलवस्तुका ६९ जना, पाल्पाका २ जना, रुपन्देहीका २७ जना, महोत्तरीका ९ जना, कालिकोटका ७ जना, दाङका ५ जना, प्युठानका २ जना, धनुषाका १ जना, सिन्धुपाल्चेकका १ जना, काठमाडौं मेडिकल कलेज र टोखाका ३ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी नवलपरासीका ८ जना, रौतहटका ११ जना, सर्लाहीको रामविलाश प्रावि र जनता मावि हर्कटवका क्वारेन्टाइनमा रहेका १५ जनामा संक्रमण पुष्टि भएको छ।
योसँगै कुल संक्रमितको संख्या २३०० पुगेको छ । जसमध्य पुरुष २१३० जना र महिला १७० जना रहेका छन् ।
हालसम्म नेपालका ६४ जिल्लामा फैलिएको छ ।
त्यस्तै नेपालमा कोरोना संक्रमण भएका २ सय ७८ जना उपचारपछि निको भएर घर फर्किएका छन्। नेपालमा कोरोना संक्रमणका कारण ९ जनाको भने मृत्यु भइसकेको छ।
