तरकारीको प्रवद्धन गर्दै लेखनाथ उद्योग बाणिज्य संघ

Share:

लेखनाथ । निकट भविश्यमा संचालन हुन लागेको कृषि उपज खरिद विक्रि केन्द्रलाई सपोट हुने गरि लेखनाथ उद्योग बाणिज्य संघले किसानद्धारा उत्पादीत तरकारीको खरिद विक्रिको प्रवन्ध मिलाएको छ ।

केही दिन अगाडी पोखरा १५ र ३३ लगाएतका विभिन्न ठाउमा तरकारी नष्ट गरि किसानलाई हतोसाहित बनाएको घटना सेलाउन नपाउदै किसानहरुको मनोवललाई उच्च बनाउन उदेस्यले खरिद विक्रिको प्रवन्ध मिलाएको हो ।

संघले स्थानिय स्तरमा उत्पादीत किसानको तरकारीलाई प्रतक्ष्य रुपमा उपभोत्ताको माझामा पु¥याउनका लागि बुधवार संघकै परिसरबाट खरिद बिक्रिको ब्यवस्था मिलाएको हो ।

बजारमा देखिएको तरकारीको अभाव र मुल्यमा देखिएको बृद्धिलाई न्यूनिकरण गर्ने उदेस्यले पहिलो पटक ताजा तरकारीको विक्रि वितरणलाई अगाडी सारेको संघका अध्यक्ष बलराम ढकालले जानकारी दिएका छन् ।

बजार मुल्य भन्दा कम मुल्यमा तरकारी पाईने भए पछि उपभोक्ताहरुको वाक्लो उपस्थीतीमा तरकारीको विक्रि वितरण गरिएको संघका वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयको भनाई रहेको छ ।

किसानको बारीमा भएका ताजा तरकारीलाई उपभोक्ता माझ पु¥याएर उत्पादकको मनोवल बढाउनका लागि ताजा तरकारीको खरिद विक्रिको ब्यवस्था मिलाएको संघका महासचिव गोपिचन्द्र वास्तोलाले बताएका छन् ।

स्थानिय किसानहरु द्धारा उत्पादीत करेला र घिरौलाका प्रति किलो ३० , काक्रो प्रतिकिलो ३५ , गोलभेडा प्रतिकिलो ६०, बोडी प्रति केजी ४५, भेन्डी प्रतिकिलो ५० र रायोको साग प्रति मुठा ३० रुपैयाँमा बिक्री गरिएको थियो । बजारमा तरकारीको मूल्य अत्याधिक वृद्धि भइरहेको अवस्थामा उपभोक्ताको हितलाई ध्यानमा राखि सुफत मुल्यमा तरकारी बिक्री गर्न लागेको हो ।

तरकारी खरिद बिक्रीको अभियानलाई छिट्टै पोखरा महानगरपालिका र लेखनाथ उद्योग बाणिज्य संघको सयुक्त लगानीमा पोखरा २७ को तालचोक स्थीत डाडाकोनामा निर्माणधीन कृषि उपज खरिद बिक्री केन्द्रमा लगेर जोडिने भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: