
काठमाडौँ । विश्वभर ६५ लाख ७३ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो तथ्यांक अनुसार विश्वमा ३ लाख ८८ हजार ४१ जना संक्रमितको मृत्यु भैसकेको छ । यस्तै ३१ लाख ७० हजार ५ सय ३२ जना उपचार पछि निको भएका छन् ।
सबैभन्दा धेरै प्रभावित अमेरिकामा १८ लाख ४९ हजार ८ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ १ लाख ७ हजार ९९ जनाको मृत्यु भैसकेको छ।
त्यस्तै, ब्राजिलमा ५ लाख ५५ हजार ३ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ ३१ हजार १ सय ९९ जनाको मृत्यु भएको छ। रुसमा ४ लाख ३१ हजार ७ सय १५ जनामा संक्रमण पुष्टि भएको छ । बेलायतमा संक्रमितको संख्या २ लाख ८१ हजार २ सय ७० पुगेको छ भने त्यहाँ ३९ हजार ८ सय ११ जना संक्रमितको मृत्यु भैसकेको छ । स्पेनमा २ लाख ४० हजार ३ सय २६ जनामा संक्रमण पुष्टि भएको छ । इटालीमा २ लाख ३३ हजार ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ ३३ हजार ६ सय १ जनाको मृत्यु भएको छ।
यता छिमेकी देश भारतमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख १६ हजार ८ सय २४ पुगेको छ। त्यहाँ ६ हजार ८८ जनाको संक्रमणबाट मृत्यु भएको छ।
