
काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज अपरान्ह चार बजे बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा ७३ दिनदेखि जारी लकडाउनको मोडालिटी परितर्वन गर्ने बारेमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ३२ सम्म बढाउँदै मोडालिटीबारे अध्ययन गर्न उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिलाई निर्देशन दिएको थियो।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हिजो विज्ञहरुसँग झण्डै चार घण्टा परामर्श गरेका थिए । विज्ञको सुझावअनुसार प्रधानमन्त्री ओलीले लकडाउनको मोडालिटी परिवर्तन गर्न सक्ने जनाइएको छ।
कमेन्ट गर्नुहोस्
