देशभरको मौसम बदली, केही स्थानमा पानी पर्ने

Share:

पोखरा । आज (बिहीबार) देशभरको मौसम पूर्णदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

स्थानीय वायु, पश्चिमी वायु र अरब सागरबाट उत्पन्न भएको निसर्ग चक्रवातको प्रभाव रहेको महाशाखाले जनाएको छ।

दिउँसो देशका अधिकांश क्षेत्रमा पूर्णदेखि सामान्य बदली भइ केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

राति पनि पश्चिमका अधिकांश क्षेत्रमा पूर्ण बदली र अन्य स्थानमा सामान्य बदली भइ केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: