तनहुँमा थप २ जनामा कोरोना पुष्टि, गण्डकी प्रदेशमा संक्रमित संख्या ५६ पुग्यो

Share:

तनहुँ। तनहुँमा थप २ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

शुक्रबार विहान तनहुँको ऋषिङ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ३९ र ४० का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमितहरुलाई अहिले तनहुँ जिल्लाको सरकारी अस्पतालमा रहेको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ । प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ७ रहेको छ ।

गण्डकी प्रदेशमा हालसम्म बागलुङका१८ जना, स्याङ्जाका १३ जना, नवलपरासी बर्दघाट सुस्ता पूर्वका १० जना, लमजुङका १ जना, म्याग्दीका २ जना र तनहुँका ३ जना र पर्वतका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये बागलुङका २ जना र लमजुङका १ जना निको भई घर फर्किसकेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: