नेपालमा कोरोनाबाट थप एकको मृत्यु, मृतक संख्या ११ पुग्यो

Share:

काठमाडौँ । नेपालमा कोरोना (कोभिड–१९) संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ।

हिजो (बिहीबार) विहान मृत्यु भएका सुर्खेतको पञ्चपुरी नगरपालिका–१ हाँसेगाउँका २० वर्षीय युवकको मृत्युपछि पीसीआर जाँच गर्दा पोजेटिभ आएपछि कोरोनाले मृत्यु भएको पुष्टि भएको हो ।

सोही नगरपालिका ९ विद्यापुरस्थित जनता माध्यामिक विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेकामा उनीको जेठ २१ गते गरिएको आरडिटी जाँच नेगेटिभ आएपछि होम क्वारेन्टाइनमा पठाइएको थियो। तर २२ गते विहान उनको मृत्यु भएको थियो। मृत्युपछि उनको स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा नतिजा पोजेटिभ आएको कर्णाली प्रदेशका स्वास्थ्य सेवा लक्ष्मी नारायण तिवारीद्वारा शुक्रबार जारी सूचनामा उल्लेख गरिएको छ।

योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनकोे संख्या ११ पुगेको छ।

कमेन्ट गर्नुहोस्
Share: