विश्वमा कोरोनाबाट ६६ लाख ३२ हजार संक्रमित, ३ लाख ९१ हजारको मृत्यु

Share:

काठमाडौँ । विश्वमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या ६६ लाख ३३ हजार पुगेको छ। पछिल्लो तथ्यांक अनुसार विश्वभर ३ लाख ९१ हजार १ सय ३६ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। यस्तै विश्वभर २८ लाख ६९ हजार ९ सय ६३ जना संक्रमणमुक्त भएका छन्।

सबैभन्दा धेरै प्रभाबित अमेरिकामा १८ लाख ७२ हजार २ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ मृत्यु हुनेको संख्या पनि सर्वाधिक १ लाख ८ हजार २ सय ८ पुगेको छ।

त्यस्तै, ब्राजिलमा संक्रमितको संख्या ५ लाख ८४ हजार १६ पुगेको छ । त्यहाँ ३२ हजार ५ सय ४८ जनाको मृत्यु भएको छ। रुसमा ४ लाख ४० हजार ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेलायतमा संक्रमित संख्या २ लाख ८३ हजार ७९ पुगेको छ भने त्यहाँ ३९ हजार ९ सय ८७ को संक्रमणबाट मृत्यु भएको छ । स्पेनमा अहिलेसम्म २ लाख ४० हजार ६ सय ६० जनामा संक्रमण पुष्टि भएको छ । इटालीमा २ लाख ३४ हजार १३ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ ३३ हजार ६ सय ८९ जनाको मृत्यु भएको छ।

यता छिमेकी देश भारतमा २ लाख २६ हजार ७ सय १३ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ ६ हजार ३ सय ६३ जनाको संक्रमणपछि मृत्यु भइसकेको छ।

कमेन्ट गर्नुहोस्
Share: