
तनहुँ । तनहुँमा कालीगण्डकीको तिरमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
आज विहान करिब ०८ः३० बजे तनहुँको घिरिङ गाउँपालिका–१ पुटार स्थित कालीगण्डकीको तिरमा एक वृद्ध मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखाराका अनुसार पाल्पा रामपुर नगरपालिका–१० हेक्लाङ बस्ने वर्ष ६८ को ढुणराज कुमाल मृत फेला परेका हुन् ।
उनी यही जेठ १७ गते घरबाट हिडेकोमा आफन्तहरूले खोजतलास गर्ने क्रममा आज मृत अवस्थामा भेटिएको बताइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
