
काठमाडौँ । नेपालमा आज (शुक्रबार) थप २ सय ७८ जनामा (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कुल संक्रमितको संख्या २९ सय नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नेपालमा कुल संक्रमितको संख्या २९१२ पुगेको जानकारी दिएका छन्। जसमध्य २ हजार ७ सय १७ पुरुष र १ सय ९५ महिला रहेका छन् ।
पछिल्लो २४ घण्टामा सुनसरीका २१ जना, झापाका १२ जना, मोरङ ६ जना, अर्घाखाँचीका १ जना, नवलपरासीका २ जना, पाल्पाका १ जना, रुपन्देहीका १८ जना, सिन्धुलीका २ जना, बाराका ३ जना, तनहुँका २ जना, भोजपुरका ५ जना, कैलालीका ४ जना, अछामका १ जना, बझाङका १ जना, डडेलधुराका ५ जना, रामेछापका १८ जना, काभ्रेका ५ जना, दैलेखका ९० जना, जुम्लाका ३ जना, हुम्लाका १ जना, दोलखाका १ जना, गोरखाका १ जना, दाङका १ जना, सुर्खेतका १ जना, धनुषाका ४ जना, गुल्मीका १ जना, कपिलवस्तुका ४४ जना, कास्कीका १ जना, महोत्तरीका १७ जना, रौतहटका ६ जनामा संक्रमण पुष्टि भएको हो ।
शुक्रबार कास्की, गोरखा र हुम्ला जिल्ला थप भइ हालसम्म ६८ जिल्लामा फैलिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा४३ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू मध्य धरानमा उपचार गराइरहेका झापाका ३ जना, कोशी अस्पतालमा उपचार गराइरहेका विभिन्न जिल्लाका २७ जना र बाँकेमा उपचार गराइरहेका १३ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिएका हुन्।
योसहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३३३ पुगेका छन्। नेपालमा कोरोना संक्रमणका कारण ११ जनाको भने मृत्यु भइसकेको छ।
