नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

Share:

काठमाडौँ । नेपालमा कोरोना (कोभिड(१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।

डोल्पाका जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

उनी सुर्खेतबाट जुम्ला हुँदै १६ गते डोल्पा पुगेका थिए। डोल्पामा आरडीटी परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएकोमा जेठ २० गते मृत्यु भएको थियो । मृत्यु भएपछि उनको स्वाब संकलन गरिएको थियो । पिसिआर परीक्षणमा उनमा कोरोना पोजिटिभ देखिएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ । कर्णाली प्रदेशमा भने मृतकको संख्या ३ पुगेको छ।

कमेन्ट गर्नुहोस्
Share: