नेपालमा थप ३२३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ३ हजार नाघ्यो

Share:

काठमाडौँ । नेपालमा आज (शनिबार) थप ३ सय २३ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कुल संक्रमितको संख्या ३ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नेपालमा कुल संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको जानकारी दिएका छन्।

पछिल्लो २४ घण्टामा मोरङका २ जना, सुनसरीका ५ जना, सप्तरीका ८ जना, नवलपरासीका ५ जना, बाँकेका १२ जना, बर्दियाका २८ जना, कास्कीका ३ जना, स्याङ्जाका १० जना, बाग्लुङका १ जना, बझाङ ६ जना, कञ्चनपुरका ३ जना, काडमाडौँका ४ जना, अछामका १ जना, कैलालीका २ जना, डडेलधुराका १ जना, दैलेखका ४७ जना, डोल्पाका १ जना, सुर्खेतका १० जना, जाजरकोटका ४ जना, सल्यानका ३८ जना, अर्घाखाँचीका १ जना, कपिलवस्तुका ५० जना, रुपन्देहीका ३ जना, भक्तपुरका १ जना, धनुषाका ८ जना, सर्लाहीका २७ जना, महोत्तरीका ३५ जना, रौतहटका ६ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म संक्रमण फैलिएको जिल्ला ७० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३२ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरु मध्य जनकपुर प्रदेशिक अस्पतालबाट १५ जना, सुशिल कोइराला प्रखर अस्पताल बाँकेबाट ४ जना, सेती अस्पतालबाट ६ जना, सुर्खेतबाट ७ जना निको भएर डिस्चार्ज भएका हुन् । योसहित नेपालमा कोरोना संक्रमण भएका ३६५ जना उपचारपछि निको भएर घर फर्किएका छन्। नेपालमा कोरोना संक्रमणका कारण १३ जनाको भने मृत्यु भइसकेको छ।

कमेन्ट गर्नुहोस्
Share: