
पोखरा । प्रतिनिधि सभा सदस्य एवं सांसद विद्या भट्टराईले कोरोना कहर देशलाई स्वाधीन अर्थतन्त्र र आत्मनिर्भर बनाउने अवसर भएको बताएकी छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीले सुरु गरेकोदेखि विद्यार्थीसँग शिक्षक संगठन भन्ने उद्घोषका साथ राष्ट्रिय अनलाइन वक्तृत्वकला प्रतियोगितामा भट्टराइृले विकासोन्मुख राष्ट्रले हरेक अवरको सम्भावनामा रुपान्तरण गर्नुपर्नेतर्फ इङ्गित गर्दै भट्टराइले यस्तो बताएकी हु्न् ।
त्यस्तै भौतिक विकास मात्र समृद्धि र विकासको आधार नभएकाले समता, समानतामूलक समाज निर्मांणमा जोड दिइन्। भट्टराइृले जबसम्म समाजबाट विभेदकारी नीति जस्तै जातिय, धार्मिक, लैङ्गिक विभेदलाई व्यवहारिक रुपमा नै हटाउन जरुरी भएको बताइन् । त्यस्तै कारोनाको कारण नेपाल मात्र नभई विश्व अर्थतन्त्र नै डामाडोल भएकाले अब आर्थिक रुपमा आत्मनिर्भर हुन चुनौति थपिएकाले यस समस्याबाट मुक्त हुन राज्यको नै लाग्नुपर्ने बताइन् । कोरोनालाई जित्नका लागि हरतरह र हरेक नेपालीले आफूले सक्ने ठाउँबाट सहयोग गर्न पनि उनले आग्रह गरिन् । उनले कोरोनाको कहर र लकडाउनको विषम परिस्थितिमा पनि विद्यार्थीलाई सिकाइमा सक्रिय बनाउन उत्प्रेरित गरेकोमा शिक्षक संगठनलाई बधाई र सफलताको शुभकामना दिइन् ।
त्यस्तै कार्यक्रमको समीक्षा गर्दै नेपाल प्रगतिशील प्राध्यापक संगठन केन्द्रिय समितिका अध्यक्ष प्रा.डा. यादवप्रकाश लामिछानेले वर्तमान समस्याका वावजुद पनि विद्यार्थीहरुको सहभागिता र विषयवस्तुप्रतिको गाम्भीर्यता, गहिराइ, प्रस्तुति अन्यन्त प्रसंशायोग्य भएको बताइन् । नेटवर्कको कारणले कुनै विद्यार्थीको प्रस्तुतिमा हाउभाउको समस्या देखिएकाले यसमा निर्णायक मण्डलले यसमा स्वविवेक प्रयोग गर्नु पर्नेमा जोड दिइन् ।
त्यस्तै नेपाल शिक्षक महासंघ कास्की तथा नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीका अध्यक्ष जगन्नाथ अधिकारीले अबको युग भनेको सूचना र प्रविधिको युग भएकाले कोरोनाले हामी शिक्षक, विद्यार्थी र अभिभावकलाई प्रविधिमा जोडिन सिकाएको बताइन् । यो प्रतियोगिता पनि यसै कोरोनाको कारण सम्भव भएको र समयको मागलाई नेपाल राष्ट्रिय शिक्षक संगठनले महत्तपूर्ण भूमिका खेलेको बताइन् ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका संगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेलले समयको मागलाई मध्यनजर गर्दै संगठनले पहिलो चरणको अनलाइनमार्फत नै शिक्षक तालिम र दोस्रो चरण अन्र्तगत वक्तृत्वकला प्रतियोगिता राखिएको बताए । विद्यार्थीको सक्रिय सहभागिता सँगै कार्यक्रममा बालप्रतिभालाई जोड दिँदै भोलिको लागि अब कहाँ आउँछ बालापनको उमेर गीतका बालगायिका समीक्षा अधिकारी र भारतीय टिभी रियालिटी शो लिटल च्याम्सका टप फोर आयुष केसीको प्रस्तुती रहने जानकारी दिए ।
वक्तृत्वकला प्रतियोगितामा देशभरबाट ९७ जना विद्यार्थीहररु सहभागी मध्ये प्रतियोगिताको तेस्रो दिन ः“आत्मगौरबका लागि आत्मनिर्भरता भन्ने शीर्षकमा अपेक्षा गिरी, अपेक्षा थापा, अशोक थापा, बमबहादुर बिक, वर्षा केसी, वर्षा क्षेत्री, वरुण लम्साल, वसन्त सापकोटा, भूमिका पौडेल, विकास गिरी गरी १० जना विद्यार्थीले वक्तृत्व प्रस्तुत गरेका थिए ।
विभिन्न चरण गरी १३ दिनसम्म चल्ने वक्तृत्वकला प्रतियोगिताका निर्णायक मण्डलमा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. यदुनन्दन उपाध्याय, सहप्रा.डा. पुण्यप्रसाद शर्मा, पृथ्वीनारायण क्याम्पसमा प्राध्यापनरत डोलराज अर्याल र नेपाली भाषा शिक्षक परिषद कास्कीका अध्यक्ष डिल्लीराम अर्याल रहेका छन् ।
त्यस्तै आइतबारका गोलाप्रथाद्धारा लागि कोरोना कहर, देश विकासका लागि अवसर भन्ने शीर्षक छनोट गरिएको निर्णायक डोलराज अर्यालले बताए । प्रतियोगितामा प्रथम हुनेले रु २५ हजार, दोस्रोले रु १५ हजार, तेस्रो हुनेले रु १० हजार, ७ जनालाई रु २ हजारका दरले ७ जनालाई र सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने कार्यक्रममा संयोजक तीर्थराज ढकालले जानकारी दिए ।
कार्यक्रमको मिडिया पार्टनर रेडियो अन्नपूर्ण पोखरा, सहआयोजक तथा सोसल मिडिया पार्टनर कुल्याब्स् डट कम र विशेष सहयोगी पोखरा महानगरपालिका रहेका छन् । कार्यक्रम हरेक दिन बिहान ७.३० देखि ९ बजेसम्म जुम एपमा हुनेछ । यदि तपाई पनि सहभागी हुन चाहनुहुन्छ भने जुम आइडी ः ९८५१०८०८६० र पासवर्ड ः३०५०२८ मा लग इन गर्नुपर्नेछ ।
कार्यक्रमको सञ्चालन संयोजक तिर्थराज ढकाल र प्रविधि संयोजक दामोदर तिमिल्सिनाले गरेका थिए भने संगठन जिल्ला अध्यक्ष रोमहर्षण पौडेलले कार्यक्रमको अध्यक्षता गरेका थिए ।
