
पर्वत । पर्वतमा एक व्यक्ति मृत अवस्थामा मृत फेला परेका छन् । शनिबार विहान ७ बजेतिर महाशिला गाउँपालिका–४ धुँवाकोट स्थित लुङ्खु–पोखरा जाने मोटरबाटोमा सोही ठाउँ निवासी ४५ वर्षीय बल बहादुर क्षेत्री मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
क्षेत्रीको शव मोटर बाटोको छेउमा घोप्टो परेको अवस्थामा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । घटनाका बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
