गण्डकीमा एकैदिन ३८ जना कोरोना संक्रमित थपिए, प्रदेशमा संक्रमित ११३ पुगे

Share:

पोखरा । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना (कोभिड–१९) संक्रमित थपिएका छन् ।

आइतबार विहान प्रदेशका स्याङ्जाका १४ जना, बागलुङका १० जना, गोरखाका १० जना र नवलपुर बर्दघाट सुस्ता पूर्वका ४ जना गरी थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । उनीहरु सबै पुरुष हुन् ।

स्याङ्जाको वालिङ नगरपालिकाका वर्ष २९, ४९, ३४, ५२, ३८, ३१,२५,२७, ४६, ३७, २१, १८ र ३२ गरि १३ जना र भिरकोट नगरपालिकाको वर्ष ४५ का एक जना छन् ।

त्यस्तै बागलुङको बागलुङको ढोरपाटन नगरपालिकाका २६ वर्षका एक जना र बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २९ वर्षका छन् भने संक्रमितमध्ये एकजनाको उमेर खुल्न नसकेको निर्देशनालय प्रमुख डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

गोरखाको पालुङटार नगरपालिकाका वर्ष १७ का एक र गण्डकी गाउँपालिकाका वर्ष २५, ३२, २०, ४३, ३०, २०, २१, २१ र २३ का ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरि नवलपुरको हुप्सेकोट गाउँपालिकाका २०, ३५, ३५ र ४५ वर्षका पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

निर्देशक शर्माका अनुसार संक्रमितहरुलाई अहिले सम्बन्धित जिल्लाको अस्पतालमा रहेको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११३ पुगेको छ । प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ९ रहेको छ ।

गण्डकी प्रदेशमा हालसम्म बागलुङमा २९ जना, स्याङ्जाका ३७ जना, नवलपरासी बर्दघाट सुस्ता पूर्वका १७ जना, लमजुङका १ जना, म्याग्दीका २ जना, तनहुँका ३ जना, गोरखाका ११ जना र कास्कीका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये बागलुङका २ जना र लमजुङका १ एक जना निको भई घर फर्किसकेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: