भारतमा कोरोना तिव्र गतिमा फैलिदै, सर्वाधिक संक्रमण फैलिएका देशको सूचीमा पाचौं स्थानमा

Share:

काठमाडौँ । पछिल्लो समय भारतमा कोरोना (कोभिड–१९) संक्रमण तिव्र गतिमा फैलिरहेको छ । भारत अहिले सर्वाधिक संक्रमण फैलिएको देशको सूचीमा पाँचौं स्थानमा पुगेको छ। शनिबार मात्रै इटालीलाई उछिन्दै छैटौं स्थानमा उक्लिएको भारतले आइतबार स्पेनमा पनि उछिन्दै पाँचौं स्थानमा पुगेको हो । सूचीमा भारत अगाडी क्रमशः बेलायत, रुस, ब्राजिल र अमेरिका छन्।

भारतमा संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय २२ पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको आइतबार बिहानसम्मको तथ्यांक अनुसार, भारतमा ६ हजार ९ सय ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। त्यस्तै, १ लाख १८ हजार ६ सय ९५ जना संक्रमणमुक्त भएका छन्।

सबैभन्दा अगाडी रहेको अमेरिकामा १९ लाख १९ हजार ४ सय ३० जनामा संक्रमण पुष्टि भएको छ। यस्तै मृत्यु हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक १ लाख ९ हजार ७ सय ९१ छ।

ब्राजिलमा संक्रमित संख्या ६ लाख ४५ हजार ७ सय ७१ पुगेको छ भने त्यहाँ ३५ हजार २६ को संक्रमणबाट मृत्यु भएको छ । रुसमा ४ लाख ५८ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ ५ हजार ७२५ जनाको कोरोनाबाट मृत्यु भएको छ। बेलायतमा २ लाख ८६ हजार २ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ ४० हजार ५ सय ४८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

विश्वमा कोरोना संक्रमितको संख्या ६८ लाख ५५ हजार ८ सय ५८ पुगेको छ । यस्तै विश्वमा ३ लाख ९८ हजार ३ सय २१ जना कोरोना संक्रमणबाट मृत्यु भएको छ भने ३० लाख ७१ हजार ४०३ जना उपचार पछि निको भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: