विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो, ७० लाख बढी संक्रमित

Share:

काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । पछिल्लो तथ्याङ्क अनुसार विश्वमा ४ लाख २ हजार ६ सय ९९ जना कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै विश्वमा संक्रमितको संख्या ७० लाख ६ हजार ४ सय ३६ पुगेको छ भने ३१ लाख ४० हजार ७ सय १८ जना संक्रमित उपचार पछि संक्रमणमुक्त भएका छन् ।

सबैभन्दा धेरै प्रभावित अमेरिकामा अहिलेसम्म १९ लाख ३८ हजार ८ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ १ लाख १० हजार ४ सय ८२ जनाको मृत्यु भएको छ।

त्यस्तै, ब्राजिलमा संक्रमितको संख्या ६ लाख ७२ हजार ८ सय ४६ पुगेको छ । त्यहाँ ३५ हजार ९ सय ३० जनाको संक्रमणबाट मृत्यु भएको छ । रुसमा ४ हजार ६७ हजार ७३ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ मृतकको संख्या भने पाँच हजार ८ सय ५९ मात्रै छ। बेलायतमा २ लाख ८७ हजार ६ सय २१ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ ४० हजार ६ सय २५ जना संक्रमणबाट मृत्यु भएको छ ।

यता छिमेकी देश भारतमा २ लाख ५७ हजार ५ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ ७ हजार २ सय ७ जना संक्रमितको मृत्यु भएको छ।

कमेन्ट गर्नुहोस्
Share: